काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार पीसीआर परीक्षण गर्दा प्रचण्डलाई कोरोना संक्रमण पुष्टि भएको उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
मल्लका अनुसार कोरोना पुष्टि भएपछि अध्यक्ष प्रचण्ड घरमै आइसोलेसनमा बसेका छन् । प्रचण्डको स्वास्थ्य अवस्था सामान्य रहेको मल्लले बताए ।
यसअघि प्रचण्डका स्वकीय सचिव मल्लसहित केन्द्रीय कार्यालयका कर्मचारीमा कोरोना पुष्टि भएपछि प्रचण्डले भेटघाटका कार्यक्रम बिहीबारदेखि नै स्थगित गरेका थिए ।
केही दिनअघि केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्याय, कर्मचारीहरू यविन्द्र पराजुली, सञ्जीव थापा, विनोद थापा, अंशु थापा र शिवकुमार बस्नेतलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।