प्रचण्ड र चिनियाँ उपमन्त्रीको झण्डै दुई घण्टाको भेट

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको टोलीले नेकपाको असन्तुष्ट समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेको छ।

EPIC

राष्ट्रपति सी जिनपिङको सन्देश लिएर आएको भनिएको चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ नेतृत्वको चार सदस्यीय टोलीले आज बिहान प्रचण्डसँग भेटवार्ता गरेको हो।

प्रचण्डको सचिवलयले जनाए अनुसार अध्यक्ष प्रचण्ड र येचौसहितको टोलीबीच करिब दुई घण्टा छलफल भएको थियो।
भेटमा के–के विषयमा कुराकानी भयो भन्ने खुलाइएको छैन।

चिनियाँ टोली प्रचण्डसँगको छलफल सकिए लगत्तै सोही समूहका अर्का अध्यक्ष माधवकुमार नेपाललाई भेट्न कोटेश्वर प्रस्थान गरेको छ।

EPIC EPIC EPIC

यसअघि नेकपाका प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग चिनियाँ टोलीले हिजै भेटवार्ता गरिसकेको थियो।

EPIC

सत्तारूढ नेकपा आन्तरिक किचलोका कारण विभाजनोन्मुख भएको अवस्थामा आएको चिनियाँ टोलीले व्यापक राजनीतिक भेटवार्ता गरिरहेको छ। चिनियाँ कम्युनिस्ट पार्टीले नेपाल कम्युनिस्ट पार्टीको एकता चाहेको बताइएको छ।

यसअघि पनि विभाजोन्मुख अवस्थामा पुगेको नेकपालाई मिलाउने काम चिनियाँ राजदूतले गरेको चर्चा चलाइएको थियो।

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar