Search
Close this search box.
Search
Close this search box.

प्रणय दिवसमा बुधबारे जेसीजद्वारा ट्राफिक प्रहरी र सवारी चालकलाई रोज, सवारी साधनमा ट्राफिक सचेतना स्टिगर

बुधबारे । बुधबारे जेसीजले प्रणय दिवसको अवसर पारेर ट्राफिक प्रहरी, प्रहरी र सवारी चालकलाई प्रेमको प्रतिक गुलाफ (रोज) प्रदान गर्दै सवारी साधनमा ट्राफिक सचेतना मुलक स्टिगर टाँसेको छ ।

आइतबार बुधबारे जेसीजले मेची राजमार्ग अन्तर्गत बुद्धशान्तिको बुधबारे चोकमा एक कार्यक्रमको आयोजना गरी पूर्वी पहाडी जिल्ला तथा स्थानीय रुटमा सञ्चालन हुने एक सय बढी सवारी साधनमा ‘छिटो होइन सुरक्षित तबरले गन्तव्यमा पुग्नुछ किनकी जीवन अनमोल छ’, ‘म सवारी चालक ! मेरो भरोसामा मेरो परिवार अनि यात्रीहरु’ लेखिएको सचेतना मूलक स्टिगर टाँसिएको हो ।

स्टिगर टाँस्दै सवारी चालकहरुलाई प्रेमको प्रतिक रोज दिइएको छ । बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेको सभापतित्व तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक प्रकाश जबेगुको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

बुधबारे जेसीजका सदस्य तथा गेट्वे सर्भिसेज एण्ड टेक्नोलोजि प्रालि विर्तामोडका प्रवन्ध निर्देशन विकास जंग कार्कीको संयोजकत्वमा भएको कार्यक्रममा प्रमुख अतिथि जबेगुले बुधबारे जेसीजले आयोजना गरेको कार्यक्रम प्रभावकारी भएको बताउँदै झापामा बर्ष २०२१ मा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापासँग सहकार्य गरेको जेसीजको पहिलो कार्यक्रम भएको बताउनु भयो ।

जबेगुले सवारी दुर्घटना न्यूनिकरणमा यो प्रयास सिम्बोलिक भएपनि महत्वपूर्ण भएको बताउनु भयो । उहाँले बुधबारे जेसीजसँग आगामी दिनमा पनि सहकार्य गरेर अगाडि बढ्न चाहेको बताउनु भयो । कार्यक्रमका विशेष अतिथि इलाका प्रहरी कार्यालय बुधबारेका प्रमुख प्रहरी नायक निरीक्षक निराजन कटवालले सवारी चालक र प्रहरीबीचको दूरी कमगर्न बुधबारे जेसीजको प्रयास प्रभावकारी हुने प्रक्रिकृया दिनुभयो ।

कार्यक्रम संयोजक विकास जंग कार्कीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी नायक निरीक्षक शिवकुमार शर्मा, ट्राफिक प्रहरी पोष्ट बुधबारेका प्रमुख राजकुमार चौधरी, इप्रका बुधबारेका अर्जुन कार्की, बुधबारे जेसीजका निर्वतमान अध्यक्ष नन्दकुमार याफू राई, कार्यकारिणी उपाध्यक्ष अर्जुन ढकाल, कृष्ण ढकाल, कानुनी सल्लाहकार गजुहाङ योङहाङ, कोषाध्यक्ष मुकेश भट्टराई, गेटवे सर्भिसेस एण्ड टेक्नोलोजिका सञ्चालक विमल कट्टेल, सुरेन्द्र खुलाल लगायतको आतिथ्यता थियो । कार्यक्रम बुधबारे जेसीजका महासचिव सुजित बरालले सञ्चालन गर्नु भएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *