काठमाडौं – संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ। आजको बैठकमा तीनवटा प्रतिवेदन पेश हुने कार्यसूची रहेको छ।
प्रधानमन्त्री केपी ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तीसौं वार्षिक प्रतिवेदन आ।व २०७६-२०७७,सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको प्रतिवेदन २०७७ र राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले संघीय निजामति सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७७ पेश हुने कार्य सूची छ।