Search
Close this search box.
Search
Close this search box.

प्रतिनिधिसभा विघटनविरूद्धको रिट निवेदकको तर्फबाट बहस सकियो, सरकारी पक्षबाट भोलिदेखि बहस हुने

काठमाडौं। प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा आज रिट निवेदकको तर्फबाट सर्वोच्च अदालतमा बहस सकिएको छ। १३ वटा रिट निवेदनमा ६८ जनाले १३ दिनसम्म बहस गरेका छन्। प्रतिनिधिसभा विघटनविरूद्ध मुद्दामा माघ ४ गतेदेखि बहस सुरू भएको थियो।

आज रिट निवेदकहरू अमिता गौतम, लोकेन्द्रबहादुर ओली, कलमबहादुर खत्री, मणिराम उपाध्याय, तुलसी सिंखडाले बहस गरेका थिए। सबैले संविधानअनुसार विघटन हुनै नसक्ने भनेर पुनर्स्थापना हुनुपर्ने माग गरेका छन्।

हिजोसम्म नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरूङलगायतको रिट निवेदनमा बहस भएको थियो। आज एकैदिनमा प्रत्येकलाई १० मिनेट समय तोकेपछि पाँचवटा रिट निवेदकको तर्फबाट बहस सकिएको छ।

अब भोलिदेखि सरकार, प्रधानमन्त्री, सभामुखको तर्फबाट जवाफस्वरूप बहस हुनेछ। यो साता बहस सकिने देखिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *