प्रतिबन्धित औषधि बिक्री नगर्न विभागको चेतावनी

काठमाडौं । औषधि व्यवस्था विभागले प्रतिबन्धित औषधि बिक्री नगर्न सचेत गराएको छ । प्रतिबन्धित औषधि बिक्री वितरण भइरहेको भन्ने सूचना आएको भन्दै त्यस्ता औषधि बिक्री नगर्न विभागलगे चेतावनीयुक्त सूचना जारी गरेको छ ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले औषधि बिक्री वितरणमा देखिएका बेथिति रोक्न अनुगमन तथा कारबाही प्रक्रियामा कडाइ गर्न भनेपछि विभागले सार्वजनिक सूचना जारी गरेको हो । विभागमा दर्ता नभएका तथा चिकित्सकको पुर्जीमा मिश्रित फर्मास्युटिकल बनावट भएका औषधि, न्युट्रास्युटिकल्सका नाममा तथा औषधि मिश्रित सौन्दर्य प्रसाधन समेत बिक्री भइरहेको गुनासो आएकाले यसलाई रोक्न विभागले चेतावनी दिएको छ ।

EPIC EPIC EPIC EPIC EPIC

अनुगमनका क्रममा विभागमा दर्ता नभएका तथा प्रतिबन्धित औषधि चिकित्सकीय पुर्जामा सिफारिस हुँदा नागरिकको स्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै यस्ता औषधिको बिक्री वितरण तथा सिफारिस रोक्न चिकित्सक तथा औषधि फर्माहरूलाई विभागले सूचित गरेको छ ।

विभागबाट नियमित अनुगमन भइरहने भन्दै सूचनाको अवज्ञा गरी बिक्री वितरण गरेको पाइएमा जफत तथा औषधि ऐन २०३५ बमोजिम कारबाही गरिने विभागले बिहीबार जारी गरेको सूचनामा छ । विभागले विगतमा प्रतिबन्धित भिटामिन तथा खनिज मिश्रित वस्तु बिक्री गर्नेविरुद्ध न्यायालयबाट समेत मागदाबी बमोजिम आदेश प्राप्त भएको भन्दै पटक(पटक सूचना जारी गर्दा पनि कानुनविपरीत गर्नेलाई कारबाही गर्ने चेतावनी दोहोर्‍याएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *