Search
Close this search box.
Search
Close this search box.

प्रतिव्यक्ति आय दुई वर्षभित्रै १४ सय डलर पुर्याउने दाबी

काठमाडौ । राष्ट्रिय योजना आयोगले आउँदो दुई वर्षभित्र विकासोन्मुख र आगामी २३ वर्षमा उच्चआय भएको मुलुक बन्ने लक्ष्यसहितको अवधारणा पारित गरेको छ । प्रधानमन्त्री एवं आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको आयोगको बैठकले २०७९ मा अतिकम विकसित राष्ट्र एसडीसीबाट विकासोन्मुख राष्ट्र डीसीमा स्तरोन्नति हुने तथा २१०० भित्र उच्च आय भएको मुलुक बनाउनेसहित अवधारणापत्र पारित गरेको हो ।


हाल नेपालको प्रतिव्यक्ति आय १ हजार ६७ अमेरिकी डलरमात्र छ । आयोगका सदस्य एवं प्रवक्ता मीनबहादुर शाहीले एलडीसीबाट डीसीमा स्तरोन्नति हुन दुई वर्षभित्र प्रतिव्यक्ति आय १ हजार ४ सय डलर तथा २१०० सालमा १२ हजार एक सय डलर पुयाएर उच्च आयस्तरको विकसित मुलुकमा रूपान्तरण गर्ने गरी दीर्घकालीन सोचको मार्गचित्र तयार पारिएको जानकारी दिए ।


यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *