Search
Close this search box.
Search
Close this search box.

प्रथम अध्यक्षकप वडास्तरीय नकआउट फुटबल :वडा नम्बर १ र २ फाईनलमा भिड्दै

तीर्थ तिम्सिना,बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिकामा जारी प्रथम अध्यक्ष कप वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको फाईनलमा वडा नम्बर १-ए र २ भिड्ने भएका छन् ।

त्रिभुवन माविको खेल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा वडा नम्बर ६ लाई ३-० को गोलले पराजित गर्दै वडा नम्बर १-ए फाईनलमा प्रवेश गरेको हो । त्यस्तै शुक्रबार भएको खेलमा ७ नम्बर वडालाई २-० गोलअन्तरले पराजित गर्दै वडा २ ले फाइनलको यात्रा तय गरेको हो ।

स्थानीय स्तरमा रहेका खेलाडीलाई प्रोत्साहन गर्न र पालिका स्तरीय टिमका लागि खेलाडी छनौट गरी अन्तर पालिका र नगरपालिकामा आयोजना हुने फुटबल प्रयोगितामा सहभागी गराउने उद्धेश्यले सो प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले बताएका छन् ।

फुटबल खेलको विजेताले नगद ३० हजार रुपैयाँ र उप–विजेताले नगद १५ हजार रुपैयाँ सहित ट्रफि, प्रमाण–पत्र प्राप्त गर्ने बुद्धशान्ति खेलकुद बिकास समितिका संयोजक शम्भूप्रसाद पौड्यालले बताएका छन् । बुद्धशान्ति गाउँपालिकाले पहिलो पटक आयोजना गरेको उक्त खेल निक्कै महत्त्वका साथ हेरिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *