प्रथम अध्यक्षकप वडास्तरीय फुटबलको उपाधि वडा नम्बर १ को पोल्टामा

तीर्थ तिम्सिना,बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिकामा जारी प्रथम अध्यक्ष कप वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधी वडा नम्बर १ ले उचालेको छ ।

शनिबार त्रिभुवन माविको खेल मैदानमा भएको फाइनल खेलमा वडा नम्बर २ लाई ३-० को फराकिलो अन्तरले पछि पार्दै वडा नम्बर १ ले उपाधि उचालेको हो ।

EPIC EPIC EPIC

खेलको म्यान अफ दी म्याच २ नम्बर वडाका बबिन बोहोरा घोषित भए । त्यस्तै, हेमन्त सुजी बेस्ट मिडफिल्डर भए ।

विजेता १ नम्बर वडाका लागि बेस्ट गोलकिपर विवेक मगर, बेस्ट डिफेन्स पवन परियार, बेस्ट स्ट्राइकर सागर रसाइली, बेस्ट प्लेयर विकास कट्टेल घोषित भए भने बेस्ट कोच बालकुमार राई भए ।

विजेता टिमलाई बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश भुजेल, उपाध्यक्ष मीरा भूर्तेल,प्रमुख प्रशासकीय अधिकृत ईन्द्रप्रसाद चापागाईं, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले ‘मामा’लगायतले पुरस्कार प्रदान गरेका थिए ।

स्थानीय स्तरमा रहेका खेलाडीलाई प्रोत्साहन गर्न र पालिका स्तरीय टिमका लागि खेलाडी छनौट गरी अन्तर पालिका/नगरपालिकामा आयोजना हुने फुटबल प्रयोगितामा सहभागी गराउने उद्धेश्यले सो प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले बताएका छन् ।

फुटबल खेलको विजेताले नगद ३० हजार रुपैयाँ र उप–विजेताले नगद १५ हजार रुपैयाँ सहित ट्रफि, प्रमाण–पत्र प्राप्त गरेको बुद्धशान्ति खेलकुद बिकास समितिका संयोजक शम्भूप्रसाद पौड्यालले बताएका छन् । बुद्धशान्ति गाउँपालिकाले पहिलो पटक आयोजना गरेको उक्त खेल निक्कै महत्त्वका साथ हेरिएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *