कचनकवल । प्रथम बगान गोल्डकप फुटबल प्रतियोगिताको उपाधि हिमाली युनाइटेडले हात पारेको छ।
शनिबार(आज) सम्पन्न गोल्डकपको फाइनल खेलमा हिमाली युनाइटेडले राजगढ एफ.सीलाई पेनाल्टी सुटआउटमा ४-६ गोल अन्तरले हराउँदै हिमाली युनाइटेडले उपाधि जितेको हो। उपाधिसंगै हिमालीले नगद रू ३० हजार रुपैया,शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ भने उपविजेता राजगढ एफ.सीले नगद रू २० हजार, ट्रफी,मेडल र प्रमाणपत्र हात पारेको छ।
कचनकवल-३ स्थित पथरिया माविको खेलमैदानमा बगान युथ क्लबद्वारा आयोजित प्रथम बगान गोल्डकपको शनिबार भएको फाइनल खेलमा खेलको निर्धारित ६० मिनेटको खेलमा दुबै टिमबाट १-१ गोल भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो।
आज भएको फाइनल खेलको म्यान अफ दि म्याच विजेता टिमका खेलाडी सुरज लिम्बु भएका थिए। त्यस्तै अन्य विधा जस्तै म्यान अफ दि टुर्नामेन्टमा विजेता टिमका प्रदिप बुढाथोकी त्यस्तै उत्कृष्ट प्रशिक्षकमा विजेता टिमका कोच एम.के लिम्बु, उत्कृष्ट गोल रक्षकमा विजेता टिमका विवेक लिम्बु, उत्कृष्ट डेफेन्सरमा उपविजेता टिमका राजेश निरौला, उत्कृष्ट मिडफिल्डरमा उपविजेता टिमका रोमन भुजेल र हाइ स्कोरर उपविजेता टिमकै आयुष श्रेष्ठ घोषित भएका थिए। उनिहरु सबैले नगद रु १ हजार रुपैया पाए।
बगान युथ क्लबका अध्यक्ष पिताम्बर लिम्बूको सभापतित्वमा सञ्चालन भएको बगान गोल्डकपको अन्तिम तथा फाइनल खेलमा प्रमुख अतिथि भुमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रदेश १ का ओम प्रकाश सरावगी त्यस्तै विषेश अतिथिमा कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशी र कचनकवल गाउँपालिका उपाध्यक्ष नवराज भट्टराई रहेका थिए। त्यस्तै उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, विद्यालय प्रतिनिधि, संचारकर्मी,खेलाडी, पूर्व खेलाडी पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो। कार्यक्रममा आदर्श क्रिकेट क्लबका अध्यक्ष पूर्ण बहादुर भण्डारीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन बगान युथ क्लबका सदस्य नारायण नेपालले सञ्चालन गरेका थिए।