कचनकवल। प्रथम बगान गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा स्यालडाँगी बिर्तामोड विजयी भएको छ।
ज्ञानेचौक एफ.सी र स्यालडाँगी बिर्तामोडसँग भएको प्रतिस्पर्धामा स्यालडाँगी बिर्तामोडले १-० गोल अन्तरले ज्ञानेचौक एफ.सीलाई हराएको हो। यो सँगै स्यालडाँगी बिर्तामोड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। त्यस्तै प्रतिस्पर्धामा म्यान अफ दि म्याच विजयी टिमका गोल रक्षक निकेश यादब भएका थिए।

कचनकवल-३ पथरिया माविको खेलमैदानमा आश्विन ८ गतेबाट नकआउट आधारमा सञ्चालन भइरहेको प्रतियोगितामा भोलिको खेल आयोजक टिम बगान युथ क्लब/बगान फुटबल क्लब र भद्रपुर फुटबल क्लब बिच हुनेछ।

बगान युथ क्लबले आयोजना गरेको गोल्डकपको प्रायोजन गोर्खा ब्रुअरी , इन्डिगो पेन्ट्स, सुब्बा एग्रो ट्रेडिङ प्रा.ली र सितल इन्टरप्राइजेज् गरेका छन् जसमा PALIKASANDESH.COM र Tancho Creation मिडिया सारथी रहेका छन्।