प्रथम बगान गोल्डकप:स्यालडाँगीलाई हराउँदै राजगढ एफ.सी फाइनल प्रवेश

राजगढ एफ.सी झापाको कचनकवलमा जारी प्रथम बगान गोल्डकप-२०७९ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

बिहिबार(आज) भएको अन्तिम सेमिफाइनल खेलमा हिमाली युनाइटेडलाई ० का विरुद्ध ४ गोल अन्तरले  हराउँदै राजगढ एफ.सीले फाइनलको यात्रा तय गरेको हो।
राजगढलाई जिताउँन आयुष श्रेष्ठ एक्लैले ह्याटि्रक गरेका थिए। त्यस्तै पवन राईले श्रेष्ठको साथ दिंदै खेलको ३०औं मिनेटमा १ गोल गरेका थिए।आजको खेलमा उत्कृष्ट प्रदर्शन गरेका श्रेष्ठ नै म्यान अफ दि म्याच घोषित भए।

EPIC EPIC EPIC
म्यान अफ दि म्याच आयुष श्रेष्ठ

प्रतियोगिता अन्तर्गत असोज १५ गते हुने फाइनल खेलमा आजको विजेता राजगढ एफ.सी र हिमाली युनाइटेड बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।
झापा जिल्ला अन्तर्गतका ८ टिम सहभागी प्रतियोगिताको विजेताले नगद रू३० हजार सहित मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् त्यस्तै उपविजेताले नगद रू२० हजार सहित
मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *