प्रदेश सरकार र स्थानीय तहको बेरुजु २२ अर्बभन्दा बढी

सुर्खेत । कर्णालीमा प्रदेश र स्थानीय तहको गरी कुल बेरुजु २२ अर्ब ७५ करोड ७३ लाख ६४ हजार बेरुजु रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले प्रमुख तिलक परियारलाई बुझाएको कर्णाली प्रदेशको छैटौँ लेखा परीक्षण प्रतिवेदनमा सो कुरा उल्लेख रहेको हो । 

आर्थिक वर्ष (आव) २०७९–८० को प्रतिवेदन अनुसार गत वर्ष प्रदेश सरकारको ९६ करोड ७७ लाख ५२ हजार बेरुजु देखिएको छ । यो लेखा परीक्षण गरिएको कुल बजेटको २.५९ प्रतिशत हो । 

EPIC EPIC EPIC EPIC EPIC

महालेखा परीक्षकको कार्यालयले गत वर्ष प्रदेशका मन्त्रालय, मन्त्रालय मातहतका कार्यालयदेखि समितिहरूको गरी १५५ वटा निकायको ३७ अर्ब ३३ करोड ६८ लाख ०७ हजारको लेखा परीक्षण गरेको थियो । 

महालेखाका अनुसार गत वर्षसम्म कर्णाली प्रदेशको ४ अर्ब ३४ करोड १५ लाख ८५ हजार बेरुजु थियो । तर, प्रदेशमा बेरुजु घटाउने विषयमा कुनै छलफल पनि भएको थिएन । अहिले प्रदेश सभाको लेखा समितिको सभापतिमा जीतबहादुर मल्ल आएसँगै बेरुजु घटाउने विषयमा अग्रसर हुँदै आएका छन् ।

अहिले १ अर्ब ३७ करोड ९० लाख ४९ हजार बेरुजु फर्स्यौट गरिएको छ । गत आवको ९६ करोड ७७ लाख ५२ हजार समेत अद्यावधिक भई अब कर्णालीको कुल बेरुजु ३ अर्ब ९४ करोड ८२ लाख ५४ हजार रहेको छ । प्रदेश सभाको पहिलो कार्यकालमा बेरुजु न्यूनीकरणमा सरकारले ध्यान नदिएपछि प्रत्येक वर्ष बढ्दै गइरहेको थियो । 

लेखा समितिले सरकारलाई पटक–पटक निर्देशन दिएपछि सरकारले त्यतातर्फ ध्यान दिई बेरुजु रकम घटाउँदै लगेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *