प्रदेश १ प्रदेशप्रमुख सोमनाथ अधिकारीलाई कोरोना सङ्क्रमण

झापा। प्रदेश १ का प्रदेशप्रमुख सोमनाथ अधिकारीलाई कोरोना सङ्क्रमण देखिएको छ। प्रदेशप्रमुख अधिकारीलाई शुक्रबार राति सङ्क्रमण देखिएको उनको प्रेस सल्लाहकार खेमराज अधिकारीले जानकारी दिए।

EPIC

प्रदेशप्रमुख अधिकारीलाई सामान्य लक्षण देखिएपछि शुक्रबार बिहान प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा स्वाब दिएका थिए। उनकी धर्मपत्नी र सशस्त्र प्रहरीका एक सुरक्षाकर्मीलाई पनि सङ्क्रमण देखिएको प्रेस सल्लाहकार अधिकारीले बताए।

प्रदेशप्रमुख अधिकारी र उनकी धर्मपत्नीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएकाे छ। उनीहरु विराटनगरस्थित निवासमा होम आइसोलेसनमा बसेका छन्। 

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar