Search
Close this search box.
Search
Close this search box.

प्रदेश १ मा तीनजना मन्त्रीले दिए राजीनामा

काठमाडौं। प्रदेश १ मा तीनजना मन्त्रीले राजीनामा दिएका छन्।

सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले राजीनामा दिएका हुन्।

नेकपामा ओली समूह र प्रचण्ड–नेपाल पक्ष औपचारिकरूपै विभाजित भएपछि त्यसको प्रभाव प्रदेशहरूमा पनि देखा परेको छ।

प्रदेश १ मा मुख्यमन्त्री शेरधन राई ओली पक्षका हुन्। उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी प्रचण्ड–नेपाल पक्षले गरेका छन्।

यसअघि प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरिएको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *