विराटनगर/ राष्ट्रियसभा निर्वाचन अन्तर्गत प्रदेश १ को खुलातर्फ सत्ता गठबन्धनका कांग्रेस उम्मेदवार गोपाल बस्नेत विजयी भएका छन् । मत बराबर भएपछि गोला (चिट्ठा) तानेर बस्नेत विजयी भएका हुन् ।
गठबन्धनका बस्नेत र एमालेका गुरु बरालको बराबरी मत आएको थियो । दुबैले ४ हजार ४ सय ८८ मत पाएका थिए ।