प्रधानमन्त्रीको कदमको विरोधमा झापाको बिर्तामोडमा प्रदर्शन

झापा । प्रधानमन्त्री केपीशर्मा ओलीको सिफारिसमा आइतबार राष्ट्रपति बिध्यादेवी भण्डारीले संघीय संसद विघटन गरेको भन्दै प्रधानमन्त्रीकाे गृह जिल्ला झापामा बिरोध प्रदर्शन गरिएको छ ।

EPIC

ओलीको गृहजिल्ला झापामा नेकपाका कार्यकर्ता, अनेरास्ववियू र राष्ट्रिय युवा संघ झापाले प्रर्दशन गरेको हो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकै नेता तथा कार्याकर्ताहरुले आइतबार बिर्तामोडमा प्रधानमन्त्री र राष्ट्रपतिको यो कदमको विरोध गरेका हुन् ।

प्रदर्शनकारीहरुले राष्ट्रपतिको कदम ’असंवैधानिक’, ’सर्वसत्तावादी’, ’राष्ट्रघाती संसद विघटन तत्काल फिर्ता गर’ जस्ता बिभिन्न प्लेकाड बोकेका थिए । बिर्तामोडमा विरोधमा उत्रिएका कार्यकर्ताले संविधान विरोधी कदम भन्दै आक्रोश ब्यक्त गरेका छन् ।

सुरक्षा व्यवस्था कडा पारियो

EPIC EPIC EPIC

संघीय संसद विघटन गरेको भन्दै झापामा बिरोध प्रदर्शन सुरु भए सँगै जिल्लाका दमक, बिर्तामोड,  झिलझिले, भद्रपुर, काँकरभिट्टा, गौरीगंज लगायतका स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए ।

EPIC

तस्वीर : बिष्णु श्रेष्ठ/ पालिका सन्देश, झापा

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar