Search
Close this search box.
Search
Close this search box.

प्रधानमन्त्रीको गृहजिल्लामा राप्रपाको शक्ति प्रदर्शन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शनिबार झापामा शक्ति प्रदर्शन गरेको छ । राजतन्त्रको पुनर्स्थापना र हिन्दू राष्ट्रको पक्षमा राप्रपाले झापा मोटरसाइकल तथा मोटर र्याली निकालेको हो ।

काँकरभिट्टाबाट अपरान्ह सुरु भएको र्यालीमा हजारौंको सहभागी रहेको थियो । र्यालीमा गणतन्त्रविरुद्ध र राजतन्त्रको पक्षमा नाराबाजी गरिएको थियो । प्रर्दशनमा नेपाललाई हिन्दूराष्ट्र पुर्नस्थापना, राजतन्त्र स्थापना र संघियता खारेजीको माग राप्रपाका नेता तथा कार्यकर्ताले गरेका थिए ।

र्यालिकै क्रममा बिर्तामोडमा आयोजित संक्षिप्त कोणसभामा राप्रपा नेता राजेन्द्र लिङ्देनले नेपालमा गणतन्त्र, संघीयता र धर्म निरपेक्षता जनताको चाहना नभएको दावी गर्दै अब राजसंस्थासहितको हिन्दुराज्य र हालको व्यवस्था परिवर्तन गरी केन्द्रीकृत व्यवस्था स्थापना गर्ने आन्दोलनको नेतृत्व राप्रपाले गर्ने उद्घोष गरेका थिए । ‘आज हामीले गरेको प्रदर्शन व्यवस्था परिवर्तनको शुरुवात मात्रै हो’ उनले भने, ‘धर्मनिरपेक्षता, गणतन्त्र र संघीयता साध्य होइन साधन मात्रै हो त्यसैले अब यो परिवर्तन आवश्यक छ ।’

उनले मुलुकमा विदेशी चलखेल, भ्रष्टाचार र बेथिति बढेको भन्दै राजासहितको प्रजातन्त्र ल्याउनका लागि एकजुट हुन राप्रपा बाहिरका सबै समर्थकलाई समेत आह्वान गरेका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *