काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले छिट्टै आकर्षक, आधुनिक, सुविधा सम्पन्न रंगशाला निर्माण गर्ने बताएका छन्।
बिहीवार बालुवाटारमा साफ महिला च्याम्प्यिनसिप उपविजेता टोलीसँगको भेटका क्रममा उनले ५० हजार सिट क्षमताको रंगशाला नेपालाई आवश्यक भएकाले सोहीअनुसार सरकार अघि बढ्ने बताए। उनले विकास मन नपराउनेहरु पनि रहेको भन्दै सरकारले एउटा नयाँ रंगशाला सकेसम्म छिट्टै बनाउने घोषणा गरे।
प्रधानमन्त्री ओलीले साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोलीलाई घोषणा गरिएको पुरस्कार राशी तिहार बिदा लगत्तै उपलब्ध गराउने प्रतिवद्धता जनाए।