Search
Close this search box.
Search
Close this search box.

प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्छ : वामदेव

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी -नेकपाको उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले तल्काल राजीनामा दिनुपर्ने धारणा राखेका छन्। उनले सर्वोच्चको फैसलासँगै प्रधानमन्त्री ओलीको प्रतिनिधि सभा विघटनको कदम असंवैधानिक ठहर भएकाले तल्काल राजीनामा दिनुपर्ने धारणा राखेका हुन्।

बुधबार एक विज्ञप्ति जारी गर्दै गौतमले सर्वोच्च अदालतले नेपालीको त्याग र समर्पणबाट प्राप्त नेपालको संविधानको संरक्षण गरेको स्पष्ट पारेका छन्। ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भए यता वि। सं। २०७७ साल फागुन ११ गतेको दिन ऐतिहासिक महत्वको रहेको छ।’ गौतमले भनेका छन्,‘यो दिन हाम्रो सम्मानित सर्वोच्च अदालतले हजारौ सपुतहरुको वलिदान तथा लाखौ देशभक्त नेपालीको त्याग र समर्पणवाट प्राप्त नेपालको संविधानको संरक्षण गरेको दिन हो।’

EPIC EPIC EPIC

उनले फागुन ११ गते जनताको सर्वभौमिकताले पुनर्विजय प्राप्त गरेको ऐतिहासिक दिन भएको बताएका छन्। गौतमले विज्ञप्तिमार्फत भनेका छन्,‘आजको दिन निरंकुशता स्वेच्छाचारिता, अराजकता र दुराचारिताको पराजय तथा संविधान, कानुन, लोकतन्त्र र जनताको सर्वभौमिकताले पुनर्विजय प्राप्त गरेको ऐतिहासिक दिन हो। यस अवसरमा म सर्वप्रथम प्रधान न्यायाधीश र संवैधानिक इजलासका न्यायाधीशहरुमा आभार प्रकट गर्दै उहाँहरुलाई हार्दिक धन्यवाद दिन्छु।’

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *