प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस कोभिड १९ विरुद्धको खोप लगाएका छन् । आइतबार त्रिवि शिक्षण अस्पताल पुगेर प्रधानमन्त्री ओलीले खोप लगाएका हुन् ।

EPIC

उनीसँगै उनकी श्रीमति राधिका शाक्यले पनि कोरोनाविरुद्धको खोप लगाएकी छन् । दोस्रो चरणको खोप कार्यक्रम अनुसार उनीहरुले खोप लगाएका हुन् ।

त्यस्तै शिक्षण अस्पतालमा अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतले पनि खोप लगाएका छन् ।

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar