ताप्लेजुङ । प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङको घुन्सामा पुगेका छन् ।
घुन्सा फाउन्डेसनले निर्माण गरेको स्वास्थ्य चौकी भवन उद्घाटन गर्न सोमबार हिमाली गाउँ घुन्सा आएका हुन्। प्रधानमन्त्री ओलीसँग प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, पर्यटनमन्त्री योगेश भट्टराई पनि आएका छन्।
घुन्सा कञ्चनजंघा हिमालको काखमा रहेको हिमालि बस्ती हो। घुन्सामा स्वास्थ्य चौकी भवन उद्घाटन पछि प्रधानमन्त्री ओलीको टोली इलाम पुग्ने कार्यक्रम छ । इलामको सन्दकपुरमा निर्मित सशस्त्र प्रहरीको बीओपी निरीक्षण गर्ने कार्यक्रम रहेको जनाइएको छ।