Search
Close this search box.
Search
Close this search box.

प्रधानाध्यापक र शिक्षकको जाँगरले फेरिएको आधारभूत विद्यालय

जिल्लाको कतिपय विद्यालयको पठन–पाठनको स्तर खस्किरहेको भनी आलोचना भइरहेको बेला राजविराज–६ स्थित श्री आधारभूत विद्यालय थानगाछीको भने अवस्था अब्बल देखिएको छ ।

प्रदेशसभा सदस्य किरणकुमारी साह, जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साह, राजविराज नगरपालिकाका शिक्षा शाखा प्रमुख भोगेन्द्रप्रसाद यादव सम्मिलित टोलीले सोमबार गरेको अनुगमनको क्रममा विद्यालयको अवस्था अब्बल देखिएको हो ।

विद्यालयको अवस्था सुधारोन्मुख तथा अब्बल देखिएपछि अनुगमन टोलीले खुसी व्यक्त गरेको छ ।

सोमबार चलिरहेको विद्यालयको अर्धवार्षिक परीक्षाकै क्रममा अनुगमन टोली पुगेपछि परीक्षार्थीमा सन्नाटा छाएको थियो । टोली परीक्षा हलमा प्रवेश गर्दा परीक्षार्थी आत्तिएका थिए । तर, सांसद साहले नडराई लेख्न भन्दै परीक्षार्थीलाई हौस्याएकी थिइन् ।

मर्यादाविपरीत काम नगर्न निर्देशन दिएको टोलीले चेकजाँच गर्दा परीक्षा कोठाभित्र परीक्षार्थीबाट कुनै चिट नभेटेको शिक्षा शाखा प्रमुख यादवले बताए ।

परीक्षा हल चिटमुक्त हुनु अर्को राम्रो पक्ष भएको टोलीमा सहभागी जिल्ला समन्वय समितिका प्रमुख साहको भनाइ थियो ।

प्रधानाध्यापक भोलाप्रसाद साहका अनुसार २०२९ सालमा स्थापना भएको सो विद्यालयमा बाल कक्षादेखि कक्षा ८ सम्मको पढाइ हुने गरेको छ । विद्यालयमा १ सय ८४ छात्र र १ सय ७१ छात्रा गरी कुल ३ सय ५५ जना अध्ययनरत छन् । जसमध्ये १ सय ५१ जना बालबालिका गरिब, विपन्न र दलित समुदायका छन् ।

विपन्न परिवारका आधाजसो विद्यार्थी रहे पनि राम्रो पढाइ र अनुशासन भने उत्कृष्ट पाइएको टोलीले जनाएको छ । विद्यालय रेकर्डमा देखिएको विद्यार्थीको संख्या र कक्षामा उपस्थित संख्या उत्साहजनक पाइएको शिक्षा शाखा प्रमुख यादवले बताए ।

टोलीले विद्यालयको सम्पूर्ण अवस्था’bout जानकारी लिनुका साथै विद्यालयलाई आवश्यक पर्ने सामग्री तथा थप भौतिक संरचनाका लागि सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको विद्यालय प्रशासनले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *