काठमाडौं । भारतको राजस्थान राज्यको अल्वार जिल्ला स्थित एक सरकारी विद्यालयका प्रधानाध्यापक सहित नौंजना शिक्षकद्धारा कक्षा ३, ६ र १० मा अध्ययनरत छात्राहरुलाई निरन्तर एक वर्ष देखि सामूहिक बलात्कार गरेको भारतिय संचार माध्यम इंडिया टुडेले जनाएको छ ।
चार जना छात्रा मध्ये कक्षा १० मा अध्ययनरत छात्रा विद्यालय जान नमाने पछि उनका बुवाले सोधपुछ गर्दा यस्तो तथ्य बाहिर आएको हो । सो छात्राको जाहेरीका आधारमा छानविन गर्दा थप तीन जना छात्रापनि पिडित रहेको पाइएको मन्धना पुलिस स्टेसनका प्रमुख मुकेश यादवले जनाकारी दिएको इंडिया टुडेले उल्लेख गरेको छ ।
पिडित एक छात्राका अनुसार उनीहरुले विद्यालयकी एक महिला शिक्षकालाई सो घटना बारेमा जानकारी दिएको भएपनि सो शिक्षिकाले विद्यालयको शुल्क तिरिदिने, खाता किताब किनिदिने भन्दै लोभ देखाइ घटनाबारे कसैलाई पनि नभन्न भनेकी थिइन् ।
केहि समय पछि तीनै शिक्षिकाले थुप्रै पटक शिक्षकहरुको घरमा लाने गरेको र शिक्षकहरुले मधिरा सेवन गरि उनीहरुसँग जबरजस्ती अनैतिक कार्य गर्ने गरेको र महिला शिक्षकाले सोको भिडियो बनाउने गरेको छात्राले बताएको इंडिया टुडेले उल्लेख गरेको छ ।
पिडित छात्राका बुवाले विद्यालयमा उजुरी गर्दा प्रधानाध्यापकले आफूलाई यस्तो घटना बारे कुनै जानकारी नभएको भन्दै कुरा सुन्न नमानेको र आफू मन्त्रीको भाइ भएको भन्दै घटना बाहिर ल्याए ज्यान मार्ने धम्की समेत दिएको पिडित परिवारले जनाएका छन् ।
प्रहरीले घटनाको छानबिन गरिरहेको र सामूहिक बलात्कारको मद्धा चलाइएको इंडिया टुडेले उल्लेख गरेको छ ।