प्रपोज डे स्पेशल !
मेरा शब्दहरुमा भाव छन् त
ति हरेक भावमा तिमी छ्यौ !
हेर! हेर ति हिमालहरु टलक्क
सेता दन्तलहर हरु देखाई
मन्द मुस्कुराहटमा
बिहानीको सूर्यको किरणसॅगै
हासिरहेका छन् !
हो त्यहि सूर्यको किरण
भै म तिमी सॅग
हाॅसीरहन चाहन्छु
अनि हरेक दिन तिम्रो
मुस्कुराईरहेको शुन्दर मुहार
देख्न चाहन्छु !!
त्यो शुन्दर बगैॅचामा
फूलेको अमूल्य फूल डेलिया झैॅ
तिमी यत्र तत्र मेरो वरिपरि
सुवास छरिरहनु म केबल
त्यो फूलमा जिवन्त झुण्डिने
भमराझैॅ तिम्रो वरिपरि
घुमिरहने छु !
पौष माघको कुहिरोको
बिचममा पनि
बिहानी जसरी माछापुछ्रेले
फेवालाई हेरी
आफ्नो ताजगीमा मुस्कुराउॅछ
हो म पनि त्यसरी नै
तिम्रो ताजगी र दिर्घायुमा
जिवन्त तिम्रो साथमा
बैशाखी भै हिडीरहन पाउॅ !!!
देवकोटाको मुनामदन अनि
शेक्शपियरको सोनेट झैॅ
सॅशारले अचम्म मानी जिवन्त
पढिरहने केवल एउटा
कहानी बनोस् हाम्रो
प्रेमकहानी,
न त त्यहाॅ कुनै क्लाईमेक्स होस्
न त वियोग नै ,
होस त केवल सुरुवात !
रोमियो अनि जुलेट
लैला अनि मज्नु
तिमी अनि म मा
सॅशारले फरक भेटोस्
केवल यहि अर्थमा कि
ति शब वियोगमा डुबेका
ईतिहास थिए त
अब तिमी अनि म
सॅशारको सुखी वर्तमान छौॅ !
विल यु बि माईन फरेभर ??
- सुरज खनाल
One Response
सुन्दर प्रेमिल भावनाहरुको फुलझरी ।गजब सुगन्ध।
वर्ण विन्यास चि नहेरी प्रकाशन भएछ।यसो नगर्नु राम्रो हुन्छ।