प्रभु लाईफको आईपीओ बाँडफाँड, ५ लाख ४० हजारले मात्रै पाए

काठमाडौं। प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले साधारण सेयर -आईपीओ बाँडफाँड गरेको छ। मंसिर २९ गते बिक्री खुला भएको कम्पनीको आईपीओ आज ११ बजे बाँडफाँड भएको हो।

EPIC

इन्स्यारेन्सले कुल ६० लाख कित्ता आईपीओ निष्कासन गरेपनि त्यसमध्ये तीन लाख कित्ता सामूहिक लगानी कोषलाई र तीन लाख कित्ता कर्मचारीका लागि छुट्टयाएको थियो।

बाँकी रहेको ५४ लाख कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरेकोमा कुल १० लाख ५१ हजारभन्दा बढीले २ करोड ७५ लाख कित्ताको लागि आवेदन गरेका थिए।

तर, कुल आवेदकमध्येबाट दोहोरो आवेदन गरेका दुई हजार १०० आवेदकको आवेदन रद्द गरिएको कम्पनीले जानकारी दिएको छ।

EPIC EPIC EPIC

कुल आवेदकमध्येबाट ५ लाख ४० हजार जनाले मात्रै आईपीओ पाएका छन्। आईपीओ निष्कासनगरेपछि कम्पनीको चुक्तापँजी २ अर्ब रुपैयाँ पुगेको छ।

EPIC
EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar