प्रयागराजको कुम्भ मेलामा भागदौड, कैयौंको मृत्यु भएको आशंका

भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलामा गए राति भागदौड मच्चिएको छ। उक्त घटनामा केही व्यक्तिको ज्यान गएको आशंका गरिएको छ भने थुप्रै मानिस घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।


मौनी अमावश्याको अवसरमा आयोजित कुम्भ मेलामा अमृत स्नानका लागि हजारौं श्रद्धालुहरू भेला भएका थिए। मध्यराति भागदौड मच्चिएपछि मेलाको व्यवस्थापनलाई लिएर गम्भीर प्रश्न उठाइएको छ। घटनापछि मेलास्थलमा मानिसका सामान र कपडाहरू छरिएका देखिएका छन्। बीबीसीका अनुसार, घटनाले मानिसहरूलाई अत्यन्तै विचलित बनाएको छ।

EPIC EPIC EPIC


अहिलेसम्म घटनामा परी घाइते र मृत्यु भएका व्यक्तिको यकिन विवरण सार्वजनिक भएको छैन। भारतीय सञ्चारमाध्यमहरूले एक अज्ञात चिकित्सकलाई उद्धृत गर्दै कम्तीमा १५ जनाको मृत्यु भएको र थुप्रै घाइते भएको उल्लेख गरेका छन्। तर, स्थानीय प्रशासनले यसबारे आधिकारिक पुष्टि गर्न बाँकी रहेको छ।


प्रयागराज मेला प्राधिकरणकी आकांक्षा राणाका अनुसार केही स्थानमा ब्यारियल भाँचिएपछि भागदौडको स्थिति सिर्जना भएको हो। तर, उनले स्थिति गम्भीर नरहेको दाबी गर्दै घाइतेहरूको उपचार भइरहेको जानकारी दिएकी छिन्।


घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग फोनमार्फत् घटनाको जानकारी लिएका छन्। यसैबीच, अमृत स्नान कार्यक्रमलाई रद्द गरिएको छ।


घटनापछि मेलामा सहभागी श्रद्धालुहरूले प्रशासनको तयारीप्रति गम्भीर प्रश्न उठाएका छन्। उनीहरूले ठूलो भीड नियन्त्रण गर्न प्रभावकारी व्यवस्था गर्न नसकेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

प्रयागराजको यो घटना कुम्भ मेलाजस्तो ठूला धार्मिक कार्यक्रमहरूको व्यवस्थापनमा आउने चुनौतीबारे थप बहसको विषय बनेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *