Search
Close this search box.
Search
Close this search box.

प्रशासकीय अधिकृत चापागाईंलाई काठमाडौं कामका लागि नै पठाएका हौं : अध्यक्ष भुजेल

बुधबारे । झापाको बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्र चापागाईंले गाउँपालिकाको गाडी दुरुपयोग गरेको भन्ने विषय अहिले चर्चामा छ।

धेरै सञ्चारमाध्यमहरूले यही विषयलाई एकै प्रकृतिको समाचार प्रकाशित गरेका छन्।

कोरोना महामारीका बेला गाउँपालिकाका प्रशासन प्रमुख किन गए काठमाडौं भन्ने कुरा एकातिर होला। तर सवारी साधन दुरुपयोग भएको हो कि होइन भन्ने कुरा बुझ्न गाउँपालिका कार्यालय पुग्दा यथार्थ अर्कै पाइयो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चापागाईं गत बैशाख ३० गते काठमाडौं गए गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलको भ्रमण आदेश लिएर।

अध्यक्ष भुजेलले जेठ ५ गतेसम्मका लागि मन्त्रालयमा योजनाका काम तथा अन्य सरकारी कामका लागि भनेर आदेश दिएका हुन्।

भुजेलले भने, ‘अस्पताल निर्माणका लागि बजेटको व्यवस्था, कृषि मार्केटमा बन्न लागेको कोल्ड स्टोरेजका लागि बजेटको व्यवस्था गर्नका लागि मैले नै काठमाडौं पठाएको हुँ।’

गाउँपालिका कार्यालयबाट शुरु उनले प्र १-०१-००१ झ २२२ नम्बरको गाउँपालिकाको गाडीको पास बनाएर काठमाडौं गएका थिए।

तर काठमाडौंको जडीबुटीमा प्रहरीले सवारी साधनको नम्बर मिलेन भनेपछि गाउँपालिकाबाट पुनः मे १ झ १४४ नम्बरको गाडीको पास बनाएर पठाइदिएपछि प्रहरीले आधा घण्टामा उक्त गाडी छोडिदिएको थियो।

चापागाईंले १४४ नम्बरको लिएर काठमाडौं गएका थिए।

अध्यक्ष भुजेलले भने, ‘त्यही गाडीको कुराले केही क्षण प्रहरीले रोकेको हो। हामीले पास बनाएर पठाइदिएपछि काम भइहाल्यो।’

प्रमुख प्रशासकीय अधिकृत चापागाईंले आफू जवाफदेही कर्मचारी भएकाले कार्यालयकै कामका लागि काठमाडौं आएको बताए।

खबरमञ्चबाट

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *