प्रशिक्षक मनोज कटुवालले भने,”घर गएर मिहिनेत नगर्ने, सुतेर बस्ने अनि यहाँ आएर विदेशी कोच खोज्ने?”

 

नेपाली महिला राष्ट्रिय क्रिकेट टिम त्रिकोणात्मक सिरिजमा लगातार चार खेल गुमाएपछि प्रशिक्षक मनोज कटुवालले टिमको प्रदर्शन कमजोर हुनुको मुख्य कारण फिटनेस र फिल्डिङको कमी रहेको बताए। थाइल्यान्डसँग पराजित भएसँगै नेपाल उपाधि होडबाट बाहिरिएपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले फिल्डिङमा धेरै गल्ती भएको, महत्त्वपूर्ण क्याच छुटेका, र खेलाडीहरूले रन लिन संघर्ष गरिरहेको उल्लेख गरे।

कप्तान इन्दु बर्माले नेपाली टिमको सुधारका लागि विदेशी प्रशिक्षक आवश्यक रहेको बताएकी थिइन्। तर, प्रशिक्षक कटुवालले यो धारणा प्रति कडा प्रतिक्रिया जनाउँदै खेलाडीहरूले आफैं मिहिनेत गर्नुपर्ने र मात्र क्याम्पको भर पर्न नहुने बताए। उनले खेलाडीहरूले घर गएपछि पनि मेहनत गर्नुपर्ने, फिटनेस र फिल्डिङमा सुधार ल्याउनुपर्ने कुरामा जोड दिए।

EPIC EPIC EPIC

उनले भने, “घर गएर मिहिनेत नगर्ने, सुतेर बस्ने अनि यहाँ आएर विदेशी कोच खोज्ने ? यसरी त क्यानले केही दिएन भन्ने मात्र हुन्छ, तर खेलाडीहरूले पनि प्रदर्शन देखाउनुपर्छ। विदेशी कोच ल्याउँदैमा दुई-चार दिनमै सुधार हुने होइन। सुधार त भित्रैबाट आउनुपर्छ।”

उनको भनाइ अनुसार खेलाडीहरूले आफूलाई अझै धेरै परिश्रम गर्नुपर्नेछ, किनकि कोच विदेशी भए पनि, यदि खेलाडीहरू स्वयं प्रतिबद्ध भएनन् भने सुधार सम्भव छैन। कटुवाललाई नेपाल क्रिकेट संघ (क्यान) ले गत वर्ष कात्तिकमा प्रशिक्षकको रूपमा नियुक्त गरेको थियो, र उनको सम्झौता अवधि अब समाप्त हुन लागेको छ

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *