Search
Close this search box.
Search
Close this search box.

प्रहरीको उमेरहद अध्ययन गर्न कार्यदल गठन

काठमाडौं । सरकारले सुरक्षाकर्मीको उमेरहद अध्ययन गर्न कार्यदल गठन गरेको छ । गृह मन्त्रालयका सहसचिव एवं कर्मचारी महाशाखा प्रमुख झक्कप्रसाद आचार्यको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको हो ।

कार्यदलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब महानिरीक्षक, अर्थ मन्त्रालयका उपसचिव, गृह मन्त्रालयको कानुन शाखाका उपसचिव र मन्त्रालयले तोकेको सुरक्षा विज्ञ सदस्य छन् । गृह मन्त्रालयका उपसचिव एवं प्रहरी कर्मचारी प्रशासन शाखा प्रमुख कृष्ण गैरे कार्यदलको सदस्यसचिव छन् ।

समितिलाई मौजुदा ऐन, नियमको अध्ययन गरी अन्य मुलुकका अभ्याससमेतको आधारमा एक महिनाभित्र सुझावसहितको प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको गृह मन्त्रालयले जनाएको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सुरक्षाकर्मीको सेवानिवृत्त हुने उमेर पुनरावलोकन गर्न अध्ययन गर्ने घोषणा गरेको थियो । बजेट घोषणा गर्दै अर्थमन्त्री वर्षमान पुनले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागको संस्थागत सुदृढीकरण गरी दक्ष एवं व्यावसायिक बनाइने उल्लेख गरेका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *