Search
Close this search box.
Search
Close this search box.

प्रहरीमा ५ हजार बढीलाई जागिरको अवसर

काठमाडौं । प्रहरीमा पाँच हजार भन्दा बढीलाई जागिरको अवसर खुलेको छ । प्रहरी प्रधान कार्यालयले आज जवान पदका लागि विज्ञापन निकालेको हो । खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पाँच हजार दुई सय २७ जना नयाँ प्रहरी भर्ना लिन लागेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

तीमध्ये खुलातर्फ दुई हजार आठ सय १७ कोटा छ । बाँकी समावेशीतर्फका रहेका छन् । महिलातर्फ चार सय ४१ जनाले अवसर पाउनेछन् । प्रहरी सेवामा जान इच्छुकले मंसिर २३ गतेभित्र फारम भरिसक्नुपर्ने प्रहरीले जनाएको छ ।

भर्ना फारम ७७ वटै जिल्ला प्रहरी कार्यालयमा बुझाउन सकिने छ । आठ कक्षा वा सो सरह पास गरेकाले जवान पदमा भर्नाका लागि आवेदन दिनसक्ने प्रहरीले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *