Search
Close this search box.
Search
Close this search box.

प्रहरीले चलाएको गोलि लागेर युवकको मृत्यु, विरोधमा आफन्तद्वारा निजगढ राजमार्ग अवरुद्ध

बारामा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका युवकको आफन्त र स्थानीयवासीले निजगढमा राजमार्ग अवरुद्ध गरेका छन् ।

बाराको सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने विषयमा बुधबार भएको झडप नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर २४ वर्षका लक्ष्मी मुखियाको मृत्यु भएको थियो ।

मृतक पक्षले गोली प्रहार गर्ने सुरक्षाकर्मीलाई कारबाही गर्न, पीडित परिवारलाई राहत उपलब्ध गराउन र मधेशका मुख्यमन्त्री र सिम्रौनगढका मेयरको राजीनामालगायतका माग राखेका छन् ।

माग पूरा नभएसम्म मुखियाको शव अस्पतालमै राख्ने र राजमार्ग अवरुद्ध गर्ने मृतक पक्षको अडान छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *