कचनकवल । कचनकवल गाउँपालिकाका प्रमुख कालेन्द्र प्रसाद सिंह राजवंशीको सेलुलाईटिस घाउको सामान्य चिरफार सफल भएको छ । कार्बनकल एक प्रकारको फोको (पिलो) हो, जुन शरीरको कुनै हिस्साको रौं टुट्नाले उत्पन्न हुन्छ । गएको हप्तादिन पहिलेबाट गर्दनमा सामान्य फोका देखा परेपछी कार्यब्यस्तताको कारणले सामान्य फोका ठान्दा केही दिनभित्रै ८/९ वटा फोका वरिपरि देखापरेपछि अत्याधिक दुखाई खप्न नसकेपछि नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र बनियानीमा चेकजाँच गराउँदा उक्त फोका सामान्य नभई एब्सेस ह्वित सेल्युलाइटिस रहेको पत्ता लाग्यो ।
प्राविधिक जनशक्ति र डाक्टर दिपेन राजवँशीको प्रत्यक्ष सहयोगमा उक्त घाउको सामान्य चिरफार गरि प्राथमिक स्वास्थ्य केन्द्रकै बेडमा हाल औषधि उपचार भैरहेको र केही घण्टा पछि घरमै आराम गर्ने गरि डिस्चार्ज गरिने फोकल पर्सन नवीन मिश्रले बताउनु भयो ।
यो घाउ अन्य घाउ भन्दा अलिक फरक र पीडादायी हुन्छ । पिलो भएमा शरीरका कुनै भागमा फोकाजस्तो देखिन्छ र त्यसमा पीप जम्न थाल्छ । पिलोको समस्या शरीरको कुनै पनि अंगमा हुनसक्छ । यद्यपि, हातगोडा, पिठ्युँ, काखीमुनि र जाँघको वरिपरि यस्तो समस्या बढी हुने गर्छ ।
पिलो भएमा शरीरको कुनै अंग रातो हुने, फुल्ने, सुन्निने, ढुसी पर्ने, पीप जम्मा हुने र पीप निस्कने गर्छ । पिलो भएमा उपचारका लागि बजारमा विभिन्न औषधी र मलम किन्न पाइन्छ । जबकि, गहुँ, बेसार, मेहेन्दी, निम, लसुन, प्याज, दहि जिरा र कालो मरिच जस्ता आयुर्वेदिक औषधीद्वारा पनि यसको समस्याबाट सजिलै मुक्ति पाउन सकिन्छ ।