प्राधिकरणद्वारा पुसमा १९ हजार ग्राहकको लाइन काटियो, ७२ करोड बक्यौता उठाउन बाँकी

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणले पुस महिनामा १९ हजार दुई सय ३२ जना ग्राहकको लाइन काटेको छ । ती ग्राहकहरूबाट ७२ करोड ३१ लाख ६४ हजार रुपैयाँभन्दा धेरै बक्यौता उठाउन बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

यस्तै लाइन काटेपछि ती ग्राहकहरूबाट २२ करोड ८४ लाख ५९ हजार रुपैयाँ असूल भएको छ । भुक्तानी गर्ने १४ हजार एक सय ११ जना ग्राहकको लाइन पुस महिनामै जोडिएको पनि विद्युत् प्राधिकरणले जनाएको छ ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *