प्रेस चौतारी झापाको नयाँ नेतृत्व चयन, अध्यक्षमा प्रदीप परियार

बिर्तामोड । 

प्रेस चौतारी नेपाल झापाको नयाँ नेतृत्व चयन भएको छ । अध्यक्षमा प्रदीप परियार सर्वसम्मत चयन भएका छन् । बिर्तामोडमा (आज) शुक्रवार भएको चौतारीको १० औं अधिवेशनबाट परियार अध्यक्षमा चयन भएका हुन् । समितिको उपाध्यक्ष राजु पोखरेल, सुनिरा मैनाली, सचिव युवराज आचार्य, सह–सचिवमा राम निरौला समावेशी सह–सचिवमा तीलक योञ्जन र कोषाध्यक्षमा सरोज भट्टराई चयन भएका छन् । 

EPIC EPIC EPIC

यसैगरी सदस्यमा अस्मिता साँखी, नविन योगी, भरत प्रसाई, इशा प्रधान, तीर्थराज तिम्सिना, प्रकाश बाँनिया, सोम मग्राती, रबिकिरण बान्तवा, कबिचन्द्र गुरागाई र किशोर उपरकोटी सर्वसम्मत चयन भएका छन् । 

प्रेस चौतारी नेपाल झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा भएको कार्यक्रममा चौतारीका केन्द्रिय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्य रहेको थियो । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बस्नेत, केन्द्रिय सचिव तथा कोशी प्रदेश इन्चार्ज बिक्रम लुइटेल, बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, गैर आवशिय नेपाली चानक पोखरेललगायले शुभकामना मन्तव्य राखेका थिए ।

उद्घाटन कार्यक्रममा स्वागत चौतारीका झापा उपाध्यक्ष प्रदीप परियारले गरेको कार्यक्रमको सञ्चालन सचिव प्रकाश पौडेलले गरेका थिए । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *