Search
Close this search box.
Search
Close this search box.

फुङलिङमा आगलागी, दुई घर जलेर नष्ट

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकामा शनिबार आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् ।
वडा नम्बर ८ र १० मा आगलागीबाट दुई घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

फुङलिङ नगरपालिका-८ दोखु बेजम्वूमा भएको आगलागीबाट यशकुमार र देउमान गुरुङको दुई परिवार बसेको घर जलेको हो । यस्तै, फुङलिङ १० फुरुम्बू माथिल्लो फेदिका ढकबहादुर कार्कीको घरपनि जलेको प्रहरी नायब उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।

आगलागीको कारण खुल्न सकेको छैन । क्षतिको विवरण आइनसकेको प्रहरीले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *