फुङ्लिङ नगरपालिकाको उकालीपानीमा होमस्टे सम्भाव्यता अध्ययन

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं. ५ उकालीपानीमा होमस्टे (घरबास) सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न थालिएको छ।

सदरमुकाम फुङ्लिङ बजार नजिक उकालीपानीको गुरुङ बस्तीमा होमस्टेका लागि सम्भाव्यता अध्ययन सुरु गरिएको हो। एकालीपानीका स्थानीय गुरुङ समुदायले यसअघि देखि नै होमस्टे सञ्चालनका लागि चासो राख्दै आएका थिए।  

EPIC EPIC EPIC EPIC EPIC

जिल्लाको पर्यटन प्रवद्र्धनमा सघाउ पुग्नसक्ने साथै स्थानीयको आम्दानीको स्रोतसमेत बन्नेभन्दै उकालीपानीका स्थानीयले होमस्टेका लागि चासो राखेका पाइएको छ। स्थानीयको चासोसँगै होमस्टेका लागि सम्भाव्यता अध्ययन सुरु गरिएको बताइएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत तारागाउँ विकास समिति बबरमहल काठमाडौंबाट आएको टोलीले सम्भाव्यता अध्ययन गर्न सुरु गरेको हो। बिहीबार समितिका कार्यक्रम संयोजक शम्भु कार्की, पर्यटन विज्ञ पुष्पराज भुर्तेल लगायत सङ्लग्न रहेको टोलीले प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिसहित उकालीपानीका समुदायसँग अन्तक्र्रियासमेत गरेको छ।  

सरोकारवालासँगको अन्तक्र्रियापछि टोलीले होमस्टे सञ्चालनका लागि स्थानीयको घरको संरचना, वातावरण लगायतको अवस्था अनुकुल हुने÷नहुनेबारे प्रत्येक घर–घरको अवलोकन गरेको छ। घरको अवलोकन तथा अध्ययनपछि होमस्टेबारे स्थानीयलाई प्रशिक्षण दिने तयारीसमेत समितिको रहेको स्थानीय देवराज गुरुङले जानकारी दिए। गुरुङका अनुसार उकालीपानीमा होमस्टे सञ्चालन गर्नलाई उपयुक्त हुने वा नहुनेबारे समितिले निस्कर्ष निकाल्ने भएको छ।  

समितिको अध्ययनबाट होमस्टे सञ्चालनका लागि उपयुक्त देखिएमा सोहीअनुसार स्थानीयले तयारीलाई अगाडि बढाउने पनि उनको भनाइ छ। उकालीपानीको गुरुङ बस्तीमा करिव १ सयवटा घर रहेका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *