नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
यसअघि सरकारले पूर्वाधार कर समायोजन गर्ने निर्णय गरेपछि निमगले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएको थियो ।
तर, बिहीबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य पुनः बढाइएको हो । निमगले पेट्रोलमा प्रतिलिटर ८ रूपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १२ रूपैयाँ मूल्य बढाएको छ ।
अब एक लिटर पेट्रोलको १७८ रुपैयाँ पर्छ भने मट्टितेल र डिजेलको १६५ रुपैयाँ पुगेको छ । एलपी ग्यास तथा हवाई इन्धनको मूल्य भने बढेको छैन ।