Search
Close this search box.
Search
Close this search box.

फेसबुकमा मन परेकी युवतीलाई आफ्नो बनाउन अश्लील मेसेजको सहायता लिन खोज्दा…

काठमाडौं। मोरङका २७ वर्षीय सुदन शर्मा (नाम परिवर्तन) विगत सात वर्षदेखि रेडिमेट कपडाको व्यापार गर्दै आइरहेका थिए । फुर्सदमा उनी सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, टिकटक चलाउँथे ।

एक दिन फेसबुक चलाउने क्रममा रिया लामा (नाम परिवर्तन) को अकाउन्ट फ्रेन्ड सजेसनमा देखियो । यो कुरा २०८० कात्तिक तिरको हो । महिनामा उनले फेसबुकमा फेला पारे ।

EPIC

युवतीले फेसबुकमा राखेका फोटो र भिडिओले युवकको मन लोभियो । त्यसको केही समयपछि युवकले मेसेन्जरमा मेसेज पठाए । तर, युवतीले मेसेज बेवास्ता गरिन् ।

फेसबुकमा रिप्लाई नदिएपछि युवतीले अरू सामाजिक सञ्जाल प्रयोग गर्छिन् कि गर्दिनन् भन्ने खोज्न थाले । त्यही क्रममा युवतीले युट्युब प्रयोग गर्ने गरेको थाहा पाए । खासगरी युवतीले आफ्नो दैनिक जीवनका गतिविधि भ्लगमार्फत देखाउँथिन् । 

सुदनले ती युवतीले युट्युब प्रयोग गर्ने गरेको थाहा पाएपछि त्यसमा पनि कमेन्ट गर्न थाले । तर, युवतीले उनको कमेन्टको वास्तै गरिनन् ।

“मैले उसलाई धेरै पटक म्यासेज तथा कमेन्टहरू गरे पनि उसले मलाई मैले चाहेको जस्तो रिप्लाई नगर्ने गरेको हुँदा मैले यो कुरा फाइनल हुनुपर्छ भन्ठानेर उसलाई मैले प्रयोग गर्ने फेसबुकबाट केही अश्लील किसिमको म्यासेजहरु समेत गर्न पुगें,” सुदनले भने ।

आफूले कहिल्यै नदेखेको नचिनेको व्यक्तिले अश्लील मेसेज लेखेको देखेपछि युवतीले ती व्यक्तिविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिइन् । युवकले अनावश्यक रुपमा अश्लील तथा असम्बन्धित मेसेज पठाइ दुःख दिनुका साथै चरित्रमा आँच पुर्‍याउने काम गरेको युवतीको आरोप छ । 

पक्राउ परेपछि युवकले बयान दिने क्रममा भने, “ त्यसरी मेसेज गर्दा उसले मलाई राम्रोसँगले रेस्पोन्स गर्छिन् भन्ने चाहना थियो । तर मैले चाहेको जस्तो हुन सकेन । मैले उनलाई राम्रो लागेर आफ्नो बनाउने चाहना भएको भएर त्यस्तो काम गर्न पुगेको हुँ ।”

२० साउनमा ती युवक विरुद्ध सुनसरी जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको छ ।

सो अभियोगपत्रमा युवकले जाहेरवाली पीडित युवतीलाई अश्लील मेसेज पठाएको पुष्टि भएको उल्लेख गरिएको छ । प्रतिवादी युवकलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७(१) बमोजिमको कसुर गरेको अभियोग मागदाबी लिइएको छ ।

पीडित युवतीलाई हुन गएको हानी नोक्सानी विचार गरी सो ऐनको दफा ५८ (क) र दफा ७६ बमोजिम क्षतिपूर्ति भराउन समेत माग गरिएको छ । यो घटना अहिले अदालतमा सुनुवाइको क्रममा छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *