Search
Close this search box.
Search
Close this search box.

फ्रन्टलाइनमा खटिनेलाई नेविसंघद्वारा ´गुलाफको फूल उपहार`

बुद्धशान्ति – नेपाल विद्यार्थी संघ बुद्धशान्ति गाउँसमितिले कोरोनाको समयमा बुद्धशान्तिमा फ्रन्ट लाइनमा काम गर्नेहरुलाई गुलाफको फूल तथा स्वास्थ्य सामग्री प्रदान गरी सम्मान गरेको छ ।

कोरोना संक्रमितको स्वास्थ्यमा समस्या नहोस् भनी आइसोलेसनमा दिनरात खटिएका स्वास्थ्यकर्मीहरुले नेविसंघद्धारा आफूहरुको कामलाई सम्मान स्वरुप गुलाफको फूल र स्वास्थ्य सामग्री दिएकोमा आइसोलेसनमा खटिएकी स्वास्थ्यकर्मी उमा अधिकारीले खुशी व्यक्त गरिन् ।

EPIC EPIC EPIC

त्यस्तै जनताको सुरक्षामा दिन रात खटिने इलाका प्रहरी कार्यालय बुद्धशान्तिलाई पनि नेविसंघले स्वास्थ्य सामग्री र गुलाफको फूलद्धारा सम्मान गरेको छ । आफूहरुलाई सम्मान गरेकोमा प्रहरी कार्यालय बुधबारेका इन्चार्ज निराजन कटुवालले खुशी व्यक्त गरेका छन् ।

त्यस्तै नेविसंघले जनताको समस्या समाधानका लागि हरदम खटिइरहने बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेश कुमार भुजेललाई पनि सम्मान गरेको छ ।

गाउँपालिका अध्यक्ष भुजेलले आफूँ लगायत जनताको स्वास्थ्यलाई ख्याल गर्दै जनताको सेवामा खटिने स्वास्थ्यकर्मीहरुलाई सम्मान गरेकोमा खुशी व्यक्त गरेका छन् ।
स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, आइसोलेसन व्यवस्थापन समिति तथा कोरोना संक्रमितहरुलाई राहत वितरण गर्दै आएको ‘बुद्धशान्तिका लागि हामी’ भन्ने सामाजिक अभियानका अध्यक्ष चन्द्र उप्रेतीले यस्तो समयमा फ्रन्टलाइनमा खटिएका सामाजिक संस्थाहरुलाई सम्मान गरेकोमा खुशी व्यक्त गरे ।

पछिल्लो समय फ्रन्टलाइनमा उभिएर कोरोना संक्रमितलाई पौष्टिक आहार वितरण तथा अन्य सामाजिक कार्य गर्दै आएको नेपाल स्काउट बुद्धशान्तिलाई पनि नेविसंघले गुलाफको फूलद्धारा सम्मान गरेको नेवि संघ बुद्धशान्तिका उपसभापति उमेश भट्टराईले जानकारी दिएका छन् ।

विद्यार्थीहरुको हक, हित र अधिकारका लागि सदैव अग्रसर रहने नेविसंघले फ्रन्टलाईनमा उभिएका सम्पूर्ण स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सामाजिक संस्थाहरुको सदैव सम्मान गर्ने नेवि संघ बुद्धशान्तिका सक्रिय सदस्य डेनियल क्षेत्रीले बताएका छन् ।

त्यस्तै आइसोलेसन व्यवस्थापन समितिका सदस्य समेत रहेका गणेश खरेलले पनि नेवि संघले गरेको यो कार्यको खुलेर प्रंसंसा गरेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *