Search
Close this search box.
Search
Close this search box.

फ्रान्समा दोस्रोपटक देशव्यापी लकडाउनको घोषणा

एजेन्सी । फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्राेंनले दोस्रोपटक देशव्यापी लकडाउनको घोषणा गरेका छन् । कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएपछि नोभेम्बर भरीका लागि लकडाउन घोषणा गरिएको हो ।

शुक्रबारबाट लागू हुने यो नयाँ प्रतिबन्ध अन्तर्गत मानिसहरू अत्यावश्यकीय काम र उपचारका लागि मात्रै घरबाट बाहिर निस्किन पाउने छन् । रेस्टुरेन्ट बारहरू बन्द रहने तर विद्यालय र उद्योगहरु भने सञ्चालन हुने म्याक्रोनले बताए ।

लकडाउन डिसेम्बर एक तारिखसम्म लागू हुनेछ । त्यसपछि १५–१५ दिनमा पुनः निर्णय गरिने बताइएको छ । अप्रिल यता फ्रान्समा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या उच्च तहमा पुगेको छ । कोरोना संक्रमित बिरामीको चापले फ्रान्सका अस्पतालहरूका सघन उपचार कक्षहरू आधा भरिएका छन् ।

फ्रान्समा अहिले दैनिक ५० हजार नयाँ संक्रमितहरू देखिएको बताइएको छ । फ्रान्समा हालसम्म १२ लाख ३५ हजार भन्दा बढीलाई कोरोना संक्रमण भएको छ भने ३५ हजार ७ सय भन्दा धेरैको मृत्यु भएको छ ।

यसअघि, जर्मन चान्सलर एंगेला मर्केलले पनि कोरोनाभाइरस फैलिन नदिन देशव्यापी प्रयासहरूको आह्वान गरेकी थिइन् । युरोपेली थुप्रै देशहरूमा केही समय यता संक्रमण तीव्र रुपमा बढिरहेको छ । अधिकांश देशले रातिको समयमा कर्फ्यू लगाएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *