Search
Close this search box.
Search
Close this search box.

फ्लाईदुबईका नेपाल प्रमुख र स्टेशन म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक

image search 1682416338718

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले भ्रामक सूचना फैलाएको आरोपमा फ्लाईदुबईका नेपाल प्रमुख र स्टेशन म्यानेजरको पास तत्कालका लागि रोक्का गरेको छ ।

सोमबार राति काठमाडौंबाट दुबईका लागि १६९ यात्रु लिएर उडेको फ्लाईदुबईको विमानको इन्जिनमा भएको आगलागीको घटनामा चरा ठोक्किएको भ्रामक सूचना फैलाएको आरोपमा उनीहरुको पास तत्कालका लागि रोक्का गरिएको प्राधिकरणले जनाएको छ ।

EPIC

पास रोक्का गरिएसँगै उनीहरुलाई अब विमानस्थल प्रवेश गर्न पाउने छैनन् । नयाँ निर्णय नभएसम्मका लागि उनीहरूलाई विमानस्थल प्रवेशमा रोक लगाइएको हो ।

सोमबार राति नै फ्लाईदुबईले पनि ‘चरासँग जहाज ठोकिएको’ जनाएको थियो  । दुबई सरकारको मिडिया कार्यालयले जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग छाड्नेबित्तिकै चरा ठोक्किएको दाबी गरेको छ ।

तर, प्राधिकरणले चरा ठोक्किएको दाबीलाई अस्वीकार गरेको हो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *