Search
Close this search box.
Search
Close this search box.

बंगालको खाडीमा चक्रवात, नेपालमा पनि सामान्य असर पर्ने

काठमाडौं । बंगालको खाडीमा न्यूनचापीय प्रणालीसँगै शक्तिशाली चक्रवात विकसित भएको छ । प्रि–मनसुन सिजनमा बंगालको खाडीमा उत्पन्न यो पहिलो चक्रवात हो ।

‘रेमल’ नाम दिइएको चक्रवातका कारण हुरी चल्नुका साथै अत्यधिक वर्षासमेत हुने छ । यसबाट भारत र बंगलादेशका केही जिल्ला प्रभावित हुनेछन् । मौसमविदहरुका अनुसार यो चक्रवात उत्तर–पूर्व–उत्तर हुँदै बहने छ । यसको असर नेपालमा पनि सामान्य पर्ने छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् चिरञ्जीवी भेटवालले रेमल चक्रवातको असर नेपालमा सीधा नपर्ने बताए । यसका बाहिरी घेराका केही बादल नेपालसम्म आउने भएकाले त्यसको असरले बादल लाग्ने र पानी पर्ने सम्भावना छ ।

मौसमविद भेटवालले भने, ‘रेमल चक्रवातको दिशा नर्थ–इस्ट–नर्थ छ । यो नेपालको पूर्वी भूभागभन्दा बाहिर–बाहिर भएर जान्छ ।’

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *