बङ्‍गलादेशबाट मल आउन ढिलाइ

काठमाडौं। बङ्‍गलादेशबाट खरिद गरिएको ५० हजार मेट्रिक टन रासायनिक मल ल्याउन ढिलाइ भएको छ। यही पुस २ गते सरकार -सरकारबीच जीटूजी मार्फत रासायनिक मल खरिदको सम्झौता भएको १८ दिन बितिसक्दासमेत प्रक्रिया सुरु हुन सकेको छैन।

EPIC

सम्झौता गरेर फर्किएको नेपाली टोलीले मल ल्याउने तयारीस्वरुप एलसी -प्रतीतपत्र खोलेर बङ्‍गलादेश पठाइसकेको जनाइएको छ। नेपालका तर्फबाट गर्नुपर्ने सबै प्रक्रिया सकिए पनि बङ्‍गलादेशबाट ढिलाइ भएको कृषि सामग्री कम्पनीले जनाएको छ।

कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी एलसी खोल्ने प्रक्रिया नसकिएका कारण मल ल्याउन अझै केही समय लाग्ने देखिएको बताउँछन्। उनका अनुसार कम्पनीले सिद्धार्थ बैठकमा एलसी खोलेको ड्राफ्ट बङ्‍गलादेशलाई पठाइसकेको छ। “हामीले पठाएको एलसी बङ्‍गलादेशका अधिकारीले अध्ययन गर्दै गरेको जानकारी आएको छ, उताबाट हुन्छ भनेर पठाउनासाथ रासायनिक मल खरिदको प्रक्रिया सुरु भइहाल्छ,” उनले भने, “हामीले जतिसक्दो छिटो मल ल्याउने तयारीअनुसार काम गरेका छौँ तर उताबाट धेरै ढिलाइ हुँदै आएको छ।”

उनका अनुसार सरकारी प्रक्रिया सकिएको १० दिनमा रेल र सडकमार्ग हुँदै मल खरिद सुरु गरिनेछ। बङ्‍गलादेशसँग प्रतिमेट्रिक टन २५९।१९५ अमेरिकी डलरमा मल खरिदको सम्झौता भएको भण्डारीले जानकारी दिए। उनका अनुसार कम्पनीबाट रासायनिक मल खरिदको अन्तिम सम्झौतानसार बङ्‍गलादेशसँग प्रतिमेट्रिक टन १८ डलर कममा सम्झौता भएको छ।

EPIC EPIC EPIC

जीटूजीमार्फत मल ल्याउन गत कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई स्वीकृति दिएको थियो। मन्त्रालयको निर्देशनअनुसार कम्पनीले मल खरिदको तयारी गरेको थियो। तयारीस्वरुप पुस २ गते जीटूजी प्रक्रियामार्फत मल खरिदका लागि कम्पनीका प्रबन्ध सञ्चालक भण्डारी र बङ्‍गलादेश केमिकल इन्ड्रष्ट्रिज कर्पोरेशनका अध्यक्ष महम्मद एमिन उल अहसनबीच सम्झौता भएको थियो।

EPIC

पर्याप्त मौज्दात

धान रोप्ने याममा रासायनिक मल अभाव भए पनि हाल पर्याप्त मात्रामा मलको मौज्दात छ। कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनसँग पर्याप्त मात्रामा रासायनिक मलको मौज्दात रहेको भण्डारीले जानकारी दिए।

उनका अनुसार कम्पनीसँग हाल नौनौ हजार मेट्रिक टन डीएपी र पोटास तथा आठ हजार मेट्रिक टन युरिया मल मौज्दात छ। चालु आवको बोलपत्रमार्फत कर्पोरेसनले खरिद गरेको मलसमेत पर्याप्त मात्रामा छ। सुरुआती चरणमा कम्पनीको मल बिक्री वितरण हुने तथा मौज्दात सकिँदै गएपछि कर्पोरेसनले खरिद गरेको मलको बिक्री वितरण सुरु हुने उनले जानकारी दिए।

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar