बजारमा व्यवसायीद्वारा आलु र प्याजको कृत्रिम अभाव सिर्जना

बजारमा आलु र सुकेको प्याजको भाउ बढ्दो छ । किसानले उचित मूल्य पाउन सकेका छैनन् । सरकारले आन्तरिक कृषि उपजमा लगाएको भ्याट फिर्ता गरेको लिखित रूपमा पत्र प्राप्त नहुँदासम्म बजारमा आलु र प्याज आपूर्ति र कारोबार नगर्ने व्यवसायीको अडान छ ।

सरकारले भ्याट लगाएर दुःख दिएको भन्दै व्यवसायीले आलु र प्याजको व्यापारमा हडताल गरेका छन् । व्यवसायीको हडतालका कारण बजारमा तीन दिनदेखि आलु र प्याज पाइन छाडेको छ । बजेटमा घोषणा हुँदा आयातित आलु र प्याजमा मात्रै भ्याट लाग्ने भनिए पनि अहिले आएर स्थानीय किसानसँग खरिद गरेको वस्तुको कारोबारमा समेत भ्याट जोडेर दुःख दिइएको व्यवसायीको आरोप छ ।

EPIC EPIC EPIC EPIC EPIC

कालीमाटी फलफूल तथा तरकारी व्यवसायी संस्थाका सल्लाहकार उज्ज्जल कार्कीले भ्याटका कारण कारोबार गर्ने नसक्ने अवस्था आएपछि आलु र प्याजको कारोबार गर्न नसकिएको जानकारी दिनुभयो । व्यवसायीको फर्ममा अनुगमन गर्ने, कारबाही गर्ने चेतावनी दिने काम आन्तरिक राजस्व कार्यालय कालीमाटीबाट केही दिनपहिले भएको उहाँको आरोप छ । आन्तरिक उत्पादनमै जोडेर भ्याटको कारोबार हेर्न थालेपछि व्यवसायी तत्काल कारोबार नगर्ने अवस्थामा पुगेका भन्दै कालीमाटी तरकारी बजार व्यवसायी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले भन्नुभयो, “कारोबार रोकेको नभई व्यापार नगर्ने भनेर आआफ्नो कारोबार बन्द गरेका छौँ ।”

चालु आर्थिक वर्षको बजेटमा सरकारले आलु र प्याजको कारोबारमा भ्याट (मूल्य अभिवृद्धि कर १३ प्रतिशत) लगाउने निर्णय गरेको थियो । बजेटको यस्तो घोषणाको विरोध भए पनि सरकारले फिर्ता लिएको थिएन । देशैभरका व्यापारीले आलु र प्याजको कारोबार झन्डै तीन दिनदेखि रोकेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । आजको गोरखापत्र दैनिकमा यो समाचार छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *