बजार अनुगमनलाई तीव्रता दिँदै बुद्धशान्ति, आज बुधबारे र जयपुर बजार अनुगमन

दीपेन बिश्वकर्मा
बुधबारे, बैशाख २८। बुद्धशान्ति गाउँपालिकाले मंगलबार बुद्धशान्ति गाउँपालिकाको बुधबारे बजार, जयपुर बजार आज अनुगमन गरिएको छ ।

EPIC

कोरोना भाइरसको बढ्दो संक्रमणका कारण सरकारले जारी गरेको निषेधाज्ञाका बिचमा बुद्धशान्ति गाउँपालिका, गाउँपालिका उध्योग वाणिज्य संघ, ईलाका प्रहरी कार्यलय बुधबारे, सशस्त्र प्रहरी बल, बुधबारे जेसीज, सञ्चारकर्मी सहितका निकाय तथा संघसस्थाले एकै साथ बजार अनुगमन गरेका हुन् ।

बुद्धशान्ति गाउँपालिकाकी उपाध्यक्ष मिरा भुर्तेलको नेतृत्वमा बजार अनुगमन गरिएको हाे । टोलीले गरेको अनुगमनमा मुल्य सुचि, सुरक्षाका मापदण्ड (हातधुने साबुन पानी, सेनिटाइजर) मुल्यवृद्धि, कालोबजारी जस्ता कुरालाई ध्यानमा राख्न ब्यापारीलाई आग्रह गर्दै बजार अनुगमन गरिएको हाे ।

संकटको बेला खाद्यान्न, तरकारी जस्ता कुरामा मुल्य बढे पछि टोलीले अनुगमन गरेको हो । साथै ब्यापारीलाई कालो बजारी, मुल्यवृद्धि नगर्न आग्रह गरिएकाे छ । केहिदिन अघिपनी बुधबारे बजार अनुगमन गरिएको थियो ।

EPIC EPIC EPIC
EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

One Response

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar