Search
Close this search box.
Search
Close this search box.

बजेट अधिवेशन आजदेखि : संसद् चल्ने कि नचल्ने अन्योल

काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । दिउँसो २ बजे पहिलो बैठक आह्वान भएको छ । त्यही अनुसार संसद् सचिवालयले तयारीसमेत गरिरहेको छ । तर बैठक चल्ने या नचल्नेमा भने अन्योल छ ।

संसद सचिवालयले बजेट अधिवेशनको पहिलो दिन आज प्रतिनिधिसभामा शीर्ष नेताहरुलाई सम्बोधन गर्न दिने तयारी गरेको छ । यसले राजनीतिक वातावरणसमेत तयार हुने अपेक्षा सचिवालयको छ ।

अधिवेशनलाई सहज रुमपा अघि बढाउन सभामुख देवराज घिमिरेले हिजो प्रतिनिधिसभामा रहेका प्रमुख पाँच दलका प्रमुख सचेतकहरुलाई छलफलमा बोलाएर अधिवेशनको पहिलो दिन शीर्ष नेताहरुले शुभकामना दिने अभ्यास रहेको बताउनुभयो । यसका लागि सहज वातावरण बनाइदिन उहाँले प्रमुख सचेतकहरुलाई आग्रह पनि गर्नुभयो ।

तर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस आफ्ना माग पूरा नभएको भन्दै गृहमन्त्री रवि लामिछानलाई बोल्न नदिने पक्षमा छ । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन गर्नुपर्ने माग गर्दै आएको कांग्रेसले अघिल्लो अधिवेशनमा लामिछानेलाई रोष्ट्रम प्रयोगमा रोकेको थियो ।

सामान्यत: संसद् अधिवेशन सुरु भएको पहिलो दिन शीर्ष नेताहरुले बोल्ने अभ्यास छ । तर आजको बैठक बोल्ने वातावरण मिल्छ कि मिल्दैन भन्न सकिने अवस्था छैन । आजै बस्ते कार्यव्यवस्था परामर्श समितिको बैठकले संसद्को कार्यसूची बनाउने छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *