Search
Close this search box.
Search
Close this search box.

बढ्न थाले पर्यटक

काठमाडौं । सन् २०२४ मा पर्यटक आगमन औसत मासिक १ लाखभन्दा माथि पुगेको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार जनवरीदेखि अप्रिलसम्म कुल ४ लाख १६ हजार ६९ पर्यटक नेपाल आएका छन् । यस आँकडाअनुसार मासिक १ लाख ४ हजार १७ पर्यटक नेपाल आएका छन् ।

EPIC EPIC

बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार अप्रिलमा मात्र १ लाख ११ हजार ३ सय ७६ पर्यटक नेपाल आएका छन् ।

आँकडाअनुसार लगातार दोस्रो महिना (मार्च र अप्रिल) १ लाखमाथि पर्यटक आएका हुन् । त्यसअघिका दुई महिना जनवरी र फेब्रुअरीमा १ लाखभन्दा कम पर्यटक आए पनि पछिल्लो दुई महिनाको आगमनले औसत १ लाखमाथि पर्यटक आगमन भइरहेको देखाउँछ ।

नेपालले भारतीय पर्यटक गणना गर्दा हवाई मार्गबाट आउनेलाई मात्र मान्छ । सोहीकारण स्थलमार्गबाट आउने ठूलो संख्याका भारतीय भने पर्यटकमा गणना हुँदैनन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *