काठमाडौं – दसैं चाड सकिएसँगै कोरोना संक्रमित भेटिने दर पनि बढेको छ । बुधबार थप ६ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा गरिएको कुल ८ हजार ४ सय २६ नमूना परीक्षणबाट सो संख्यामा संक्रमित भेटिएको हो ।
यही अवधिमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या समेत बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा १३ जनाको संक्रमणकै कारण ज्यान गएको छ। हालसम्म नेपालमा ११ हजार ३ सय १८ जनाले कोरोनाको कारण ज्यान गुमाइसकेका छन् ।
बुधबार ७ सय ५८ जना भने कोरोना संक्रमणमुक्त भएका छन्। यससँगै संक्रमणमुक्त हुनेको संख्या ७ लाख ८४ हजार १५५ पुगेको छ।
नेपालमा अहिले पनि ११ हजार ५ सय ७९ सक्रिय संक्रमित छन्।