Search
Close this search box.
Search
Close this search box.

बढ्यो सार्वजनिक यातायातको भाडा दर, कहाँको कति ?

काठमाडौं।

सरकारले आज सोमवारदेखि नै लागू हुने गरी सार्वजनिक यातायातको भाडा बढाएको छ। यातायात व्यवस्था विभागले आज एक सूचना जारी गरी यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा बढाएको हो। विभागले अन्तरप्रदेश सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारी साधको भाडा बढाएको हो।

EPIC EPIC EPIC

यात्रुवाहक सवारीमा ३.३० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ०.०५ प्रतिशतले बढाइएको विभागले जानकारी दिएको छ। 

श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, ह्रासकट्टी र सञ्चालन मुनाफा लगायत मूख्य सूचकमा भएको मूल्यवृद्धि तथा सरोकारवाला पक्षसँगको परामर्शमा सार्वजनिक यातायातका सवारी साधनको भाडा बढाइएको विभागको दावी छ। यसअघि सरकारले २०८० साउन ३१ मा भाडादर समायोजन गरेको थियो।

कहाँको भाडा कति यहाँ थिचेर हेर्नुस्!

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *